‘सगुन’ ब्रान्डमा स्यानिटरी प्याड तथा डाइपर बेच्ने एजी कम्पनीको आम्दानी २२% ले घट्यो



काठमाडौं । नेपाली बजारमा ‘सगुन’ ब्रान्डको स्यानिटरी प्याड, बच्चाको डाइपर र मास्क उत्पादन गर्ने एजी हेल्थ उद्योग प्रालिको आम्दानी २२ प्रतिशतले घटेको छ । कम्पनीको सन् २०२१ को तुलनामा सन् २०२२ मा २२ प्रतिशतले आम्दानी घटेको हो ।

कम्पनीले सन् २०२१ मा २९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् कम्पनीले सन् २०२२ मा २२ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ । त्यस्तै, कम्पनीले सन् २०२० मा १८ करोड ५० लाख रुपैयाँ र सन् २०१९ मा ११ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीअनुसार सन् २०२२ मा नियात घटेसँगै बजारमा डाइपर, स्यानिटरी प्याड र डाइपर उत्पादनमा उच्च प्रतिस्पर्धा हुँदा कम्पनीको आम्दानी घटेको जनाएको छ ।

रुपन्देहीको तिलोत्तमामा उद्योग रहेको कम्पनीले सन् २०१८ देखि बच्चाको डाइपर र सन् २०२२ को अगष्टबाट स्यानिटरी प्याड उत्पादन शुरु गरेको हो ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६५ करोड १२ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि २३ करोड ६० लाख रुपैयाँ अर्थात् एलबी प्लस र अल्पकालीन कर्जाका लागि ४१ करोड ५२ लाख अर्थात् एफोर प्लस रेटिङ गराएको छ ।


क्लिकमान्डु