सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम अर्ब बढी



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ ।

बजार मापन गर्ने सूचक ६.५९ अंकले घटेर परिसूचक १८९७.८६ बिन्दुमा रोकिएको छ । बजारमा सामान्य गिरावट आएको भएपनि कारोबार रकम भने केही सुधार देखिएको छ ।

यो दिन २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता सेयर १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक १.१०, निर्जीबन बीमा समूहको ६.९९ र ट्रेडिङ समूहको उपसूचक ५.४३ अंकले बढेको छ ।

यस्तै विकास बैंक समूहको ४४.९७, वित्त कम्पनी २५.२१, जलविद्युत १८.०९, जीवन बीमा ११.७७, उत्पादन तथा प्रशोधन ६४.०५ र माइक्रोफाइनान्स समूहको उपसूचक उपसूचक २५.२८ अंकले घटेको छ ।

कारोबारमा सिटिजन्स म्युचुअल फण्ड–१, पन्चकन्या माई हाईड्रोपावर, ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१, लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताले कमाएका छन् भने तारागाउँ रिजेन्सी, सिकलेश हाईड्रोपावर, ग्रामिण विकास लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा हिमालयन डिस्ट्रिलरी पहिलो स्थानमा रहेको छ । कम्पनीको ८ करोड २२ लाख ३४ हजार ६७५ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ र नेपाल दुरसञ्चार कम्पनी रहेका छन् ।


क्लिकमान्डु