सेयर बजारमा दोहोरो अंकको सुधार, तारागाँउ रिजेन्सीको सेयर मूल्यमा सर्किट



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजारमा दोहोरो अंकको बजार मापन गर्ने सूचक २१.२६ बिन्दुले बढेर परिसूचक १९०४.४३ बिन्दुमा रोकिएको छ ।

यो दिन २२६ कम्पनीको २४ लाख ५२ हजार ८४ कित्ता सेयर ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली देखिएको छ ।

बैंकिङ समूहको ४.६०, विकास बैंक ७३.१२, फाइनान्स ४१.३७, जलविद्युत ३९.९१, जीवन बीमा ११७.०१, उत्पादन तथा प्रशोधन १५२.६९, माइक्रोफाइनान्स २४.०१, निर्जीबन बीमा १७.७०, अन्य समूहको उपसूचक ३२.६३ अंकले बढेको छ ।

कारोबारमा तारागाँउ रिजेन्सीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सप्तकोशी डेभलपमेन्ट बैंक, बुद्धभुमी हाईड्रोपावर, रिभर फल्स पावर लिमिटेका लगानीकर्ताले कमाएका छन् भने लक्ष्मी इक्विटी फण्ड, ङादी ग्रुप, मदाङकिनी हाईड्रोपावर, सिङटी हाईड्रो इनर्जीका लगानीकर्ताले भने गुमाएका छन् ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको १० करोड ९६ लाख ४३ हजार २७५ रुपैयाँको कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा हिमालयन डिस्ट्रिलरी र ङादी ग्रुप पावर कम्पनी रहेका छन् ।


क्लिकमान्डु