सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा कसले कमायो, कसले गुमाए ?



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा गिरावट आउँदा कारोबार रकममा पनि धेरै सु्धार आउन सकेको छैन ।

बजार मापन गर्ने सूचक १०.५४ अंकले घटेर १८८३.१६ बिन्दुमा रोकिएको छ । २२५ कम्पनीको २० लाख २८ हजार ३४८ कित्ता सेयर ७७ करोड ४९ लाख ११ हजार ७०६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ५.३०, विकास बैंक ३.८४, जलविद्युत २०.४६, जीवन बीमा ७०.७३, उत्पादन तथा प्रशोधन ३३.१६, माइक्रोफाइनान्स ५३.८२, ट्रेडिङ समूहको २६.२६, निर्जीबन बीमा समूहको उपसूचक १८.४४ अंकले घटेको छ ।

यो दिनेको कारोबारमा लक्ष्मी इक्विटी फण्ड, लक्ष्मी उन्नती कोष, मदाङकिनी हाईड्रोपावर, सिगटी हाईड्रो इनर्जी, गोर्खाज फाइनान्स समूहका लगानीकर्ताले कमाएका छन् भने नबिल ब्यालेन्स फण्ड–२, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, सिटिजन्स म्यूचुअल फण्ड–१, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको १० करोड ३९ लाख ९६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेरुडे उत्थान लघुवित्त वित्तीय संस्था र नेपाल बैंक रहेको छ ।


क्लिकमान्डु