सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार १३ सय रुपैयाँले बढेर ९६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएकोमा शुक्रबार १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु