आइएमई लिमिटेडले आईपीओ ल्याउने



काठमडौं । आइएमई लिमिटेडले साधारण सेयर (आईपीओ) ल्याउने भएको छ । सर्वसाधारणलाई सेयर जारी गर्ने विशेष प्रस्ताव सहित कम्पनीले २२ औं वार्षिक साधारणसभा बोलाएको हो ।

कम्पनीले मंसिर १६ गतेका लागि सभा बोलाएको हो । कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले साभाको मिति चयन गरेको हो ।

सभा होटेल ले हिमालय, लाजिम्पाट, काठमाडौंमा दिउँसो ३ बजेदेखि शुरु हुने कम्पनीले जनाएको छ । उक्त सभाले बोनस सेयर जारी गरी चुक्ता पुँजी वृद्धि गर्ने विशेष सभा समते अनुमोदन गर्ने छ ।

संचालक समितिको आव २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्त्को वासलात, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने र संचालक समितिको गठन गर्ने लगायतका समान्य प्रस्ताव सभाले अनुमोदन गर्ने छ ।


क्लिकमान्डु