चन्द्रागिरी हिल्स नाफामा, प्रतिसेयर आम्दानी एक रुपैयाँ भन्दा कम



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा चन्द्रागिरी हिल्स कम्पनीले १ करोड ३१ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ ।

गत वर्ष घाटामा रहेको कम्पनी अहिले भने नाफामा गएको छ । गत आवको सोही अवधिमा कम्पनी २ करोड ३७ लाख ३१ हजार रुपैयाँले घाटामा रहेको थियो ।

कम्पनीको सञ्चालन मुनाफामा आएको सुधारसँगै नाफा पनि बढेको छ । तीन महिनाको अवधिमा कम्पनीले १८ करोड ६४ लाख २२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिमा ११ करोड १ लाख ८१ हजार रुपैयाँ रहेको थियो ।

१ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष भने ३८ करोड १३ लाख २८ हजार रुपैयाँले ऋणात्मक रहेको छ । यस्तै प्रतिसेयर आम्दानी ८५ पैसा मात्रै रहेको छ ।


क्लिकमान्डु