पिपुल्स हाइड्रोपावरको आईपीओ निष्कासन, १ लाख कित्तासम्म आवेदन दिन सकिने



काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले आजदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ५६ लाख ६ हजार ३९० कित्ता आईपीओ निष्कासन गरेको छ ।

जसमा २ लाख ८० हजार ३२० कित्ता सामुहीक लगानी कोष, १ लाख ६८ हजार १९० कित्ता कर्मचारी र बाँकी रहेको ५१ लाख ५७ हजार ८८० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको छ । जसमा कात्तिक २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त अवधिमा माग अनुसार आवेदन नपरे मंसिर ९ गतेसम्म आवेदन दिन ससकिने कम्पनीले जनाएको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।

यसको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । आवेदनकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु