सेयर बजारमा सामान्य गिरावट आउँदा कसले कमाए, कसले गुमाए ?



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजारमा सामान्य गिरावट आउँदा पनि कारोबार रकम भने १ अर्ब नाघेको छ ।

बजार मापन गर्ने सूचक २.५७ अंकले घटेर परिसूचक १९५६.३६ बिन्दुमा रोकिएको छ । २२६ कम्पनीको २७ लाख ७३ हजार ७३७ कित्ता सेयर १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६६ रुपैयाँमा किबनेच भएको छ ।

बजारमा सामान्य अंकको गिरावट आउँदा पनि अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ३.९७, विकास बैंक ७.३०, होटल ३.७४, जलविद्युत १२.७४, उत्पादन तथा प्रशोधन ३६.५८, माइक्रोफाइनान्स २७.९२, टे«डिङ समूहको २९.४१ अंकले घटेको छ । यस्तै वित्त कम्पनीको ४.६५, जीवन बीमा ९३.६१, जीवन बीमा २३.४०, अन्य समूहको उपसूचक १४.१५ अंकले बढेको छ ।

कारोबारमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, गुँरास लघुवित्त वित्तीय संस्था, नेपाल रि इन्स्योरेन्स, बलेफी हाईड्रोपावर, स्वेत गंगा हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाउँदा कालिका लघुवित्त वित्तीय संस्था, मदांकिनी हाईड्रोपावर, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

करोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ८ करोड ५७ लाख ३२ हजार १२२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा सिटिजन्स बैंक र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था रहेका छन् ।


क्लिकमान्डु