नागरिक स्टक डिलरको साधारणसभा मंसिर १८ मा, ६.८५% बोनस दिने



काठमाडौं । नागरिक स्टक डिलरले मंसिर १८ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ६.८५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने भएको छ ।

आर्थिक बर्ष २०७८/७९ सम्मको संचित नाफाबाट कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५० करोड को बोनस सेयर ६.८५ प्रतिशतले हुन आउने २३ करोड ९७ लाख ५० हजारका दरले हुने बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । बोनस सेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पुँजी वृद्धि गर्न स्वीकृत गर्ने प्रस्ताव रहेको छ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षकको प्रतिवेदन पेश गर्ने, बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुनेछ ।

यस्तै रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरिएका सञ्चालकहरुको अनुमोदन गर्ने प्रस्ताव रहेको छ । सभा मंसिर १८ गते नागरिक लगानी कोष भवन, नयाँ बानेश्वरमा अपरान्ह ४ः३० बजेबाट सुरु हुनेछ ।


क्लिकमान्डु