नेप्सेको तथ्याङक प्रयोग सम्बन्धी कार्यविधि लागू, शुल्क २ हजारदेखि १ लाख रुपैयाँसम्म लाग्ने (पूर्णपाठ)



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तथ्याङक प्रयोग सम्बन्धी कार्यविधि लागू गरेको छ ।

नेप्सेले उक्त कार्यविधि लागू गरेर कारोबार प्रणालीमार्फत सिर्जित भएका तथ्यांक प्राप्त गर्न ईच्छुक निकायलाई ३० दिन भित्र आवेदन दिन भनेको छ ।

नेप्सेको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ को दफा ४ मा नेप्सेको कुनै पनि तथ्यांक प्रयोगकर्ताले नेप्से समक्ष तथ्यांक प्रयोगको स्पष्ट उद्देश्य समेत खुलाई सोही कार्यविधिको अनुसूची १ बमोजिमको कागजात सहित नेप्सेमा निवेदन दिनुपर्नेछ व्यवस्था रहेको छ ।

त्यही व्यवस्था अनुसार ईच्छुक तथ्यांक प्रयोगकर्ताहरुले चालु आर्थिक वर्ष २०७९/८० को लागि यो सूचना जारी भएको मितिले ३० दिन भित्र आवेदन दिनु भनेको छ ।

सूचना व्यक्तिगत प्रयोजन, संस्थागत प्रयोजन, व्यवसायीक प्रयोजनका लागि दिइने छ । त्यसको लागि छुट्टा छुट्टै शुल्क लाग्ने छ । न्यूनतम २ हजार देखि १ लाख रुपैयाँ लाग्ने छ ।


क्लिकमान्डु