प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार, ४८ लाखको कारोबार
काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक २.७० अंकले बढेर १९६८.०६ बिन्दुमा रोकिएको छ ।
२१ कम्पनीको १ हजार ८७८ कित्ता सेयर ४७ लाख ८९ हजार १३३ रुपैयाँमा किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको २.०९, वित्त कम्पनी १.९९, जलविद्युत ४.९८, माइक्रोफाइनान्स समूहको उपसूचक २५.८७ अंकले बढेको छ ।