सेयर बजारमा देखियो उत्साह, सेन्सेटिभ इन्डेक्स ८.०९ अंकले बढ्यो



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजारमा दोहोरो अंकको सुधार आउँदा कारोबार रकममा पनि बढोत्तरी देखिएको छ ।

बजार मापन गर्ने सूचक ४३.२ अंकले बढेर १९६५.३६ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.०९ अंकले बढेर ३८७.५२ बिन्दुमा रोकिएको छ ।

२२८ कम्पनीको ३९ लाख १३ हजार ५७३ कित्ता सेयर १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६१ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ११.३९, विकास बैंक ९१.०५, वित्त कम्पनी ६४.६९, जलविद्युत समूहको ६६.६८, जीवन बीमा ९५.०९, उत्पादन तथा प्रशोधन १९१.२४, निर्जीबन बीमा १३३.२६, अन्य समूहको उपसूचक ५६.७६ अंकले बढेको छ ।

कारोबारमा आधादर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिनको कारोबारमा मानुषि लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक, नेष्डो समृद्ध लघुवित्त, उपकार लघुवित्त, उन्नती सहकार्य लघुवित्त, स्वेत गंगा हाईडोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमको आधारमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेको छ । कम्पनीको १० करोड १४ लाख ९६ हजार ६८६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा एभरेष्ट बैंक र हिमाल दोलखा हाईड्रोपावर कम्पनी रहेका छन् ।


क्लिकमान्डु