युनिलिभर नेपालले दिने भयो ५ वर्ष यताकै धेरै लाभांश, ११ वर्षमा कहिले कति दियो ?



काठमाडौं । युनिलिभर नेपालले ५ वर्ष यता कै धेरै लाभांश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट १२१५ रुपैयाँ नगद लाभांश दिने भएको छ । यो भनेको ५ आर्थिक वर्ष यता कै सबैभन्दा बढी हो ।

कम्पनीले आर्थिक वर्ष २०७३/०७४ मा १२७० रुपैयाँ नगद लाभांश दिएको थियो । त्यसयता हरेक बर्ष एक हजार रुपैयाँ भन्दा कम नै लाभांश दिएको थियो ।

कम्पनीको ११ वर्षको इतिहासमा भने यो दोस्रो धेरै लाभांश हो । आर्थिक वर्ष २०७३/०७४ मा १२७० रुपैयाँ नगद लाभांश दिएको कम्पनीले गत आवको मुनाफाबाट १२१५ रुपैयाँ दिने भएको छ ।

कम्पनीले हरेक आवमा नगद मात्रै लाभांश दिने गरेको छ । लाभांश पनि निकै आकर्षक हुने गरेका छन् । कम्पनीले अहिलेसम्म दिएको लाभांश १०० रुपैयाँदेखि १२७० रुपैयाँसम्म रहेको छ ।

आव २०६८/०६९ मा ६८० रुपैयाँ, आव २०६९/७० मा ७६०, आव २०७०/०७१ मा ८६०, २०७१/०७२ मा ९९०, आव २०७२/०७३ मा १०२०, २०७३/०७४ मा १२७०, आव २०७४/०७५ मा ७००, आव २०७५/०७६ मा ७७०, २०७६/०७७ मा १०० र आव २०७७/०७८ मा ६५० रुपैयाँ नगद लाभांश घोषणा दिएको छ ।

११ वर्षको अवधिमा एक हजार रुपैयाँ भन्दा बढी लाभांश ३ वटा पटक दिएको छ । बाँकी आवमा एक हजार रुपैयाँ भन्दा कम रहेको थियो । अहिले कम्पनीले दिएको लाभांशलाई लगानीकर्ताले बम्पर लाभांशको रुपमा चर्चा गरेका छन् ।


क्लिकमान्डु