प्रि-ओपनिङमा बजारमा सामान्य सुधार, साढे ३ लाखको कारोबार
काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा सु्धार देखिएको छ । बजार मापन गर्ने सूचक २.२६ अंकले बढेर १९३३.२४ बिन्दुमा रोकिएको छ ।
१६ कम्पनीको १ हजार ४६४ कित्ता सेयर ३ लाख ५६ हजार ३८१ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ, जलविद्युत ११.२६, माइक्रोफाइनान्स समूहको उपसूचक ०.२८ अंकले बढेको छ ।