सेयर बजारमा दोहोरो अंकको सुधार, बैंकमा देखियो लगानीकर्ताको आकर्षण



काठमाडौं । तिहारपछिको पहिलो कारोबारमा बजारमा दोहोरो अंकको सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक १६.३९ अंकले बढेर परिसूचक १८७४.८७ बिन्दुमा रोकिएको छ । कारोबारको सुुरुदेखि बढेको बजार अन्तिम समयसम्म कायमै रह्यो । जसले गर्दा बजारमा हरियाली आएको छ ।

२२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक २०.०९, वित्त कम्पनी १२.६४, जलविद्युत १.९७, होटल तथा टुरिजम ४२.४८, जीवन बीमा २५.४१, उत्पादन तथा प्रशोधन ३०.७८, माइक्रोफाइनान्स १४.०८, निर्जीबन बीमा १४.०८, अन्य समूहको उपसूचक २०.७५ अंकले बढेको छ । कारोबारमा बैंकतर्फ लगानीकर्ताको निकै आकर्षण देखिएको छ ।

सोमबारको कारोबारमा सयपत्री हाईड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै नेपाल एसबीआई बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंकका लगानीकर्ताले कमाएका छन् भने अपर हेवाखोला, रु रु जलविद्युत कम्पनी, अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक अग्रस्थानमा रहेको छ । बैंकको ६ करोड १७ लाख २१ हजार २३२ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै एभरेष्ट बैंक र नबिल बैंक दोस्रो र तेस्रो स्थानमा रहेका छन् । एभरेष्टको ४ करोड ३९ लाख १७ हजार र नबिल बैंकको ३ करोड ८० लाख २५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।


क्लिकमान्डु