प्रधानमन्त्री देउवाले यसकारण लगाएनन् भाइटीका



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गरेनन् ।

भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन ।

भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन् ।


क्लिकमान्डु