अमेरिकी राष्ट्रपति वाइडेनले ह्वाइट हाउसमा मनाए दिपावली



काठमाडौं । अमेरिकी राष्ट्रपतिको निवास ह्वाइट हाउसमा दिपावली मनाइएको छ ।

ह्वाइट हाउसमा सोमबार दिवालीको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । राष्ट्रपति वाइडेनले आयोजना गरेको कार्यक्रममा अमेरिकामा रहेका हिन्दू उच्च अधिकारीहरुको उपस्थिति रहेको जनाइएको छ ।

दिपावलीपछि राष्ट्रपति वाइडेनले ट्वीट गर्दै दीपावलीमा प्रत्येकमा अन्धकार हटाउन र संसारलाई उज्यालो ल्याउने शक्ति रहेको भन्दै ह्वाइट हाउसमा यो खुशीको अवसर मनाउन पाउँदा खुशी लागेको उल्लेख गरेका छन् ।

प्रथम महिला जिल वाइडेनले पनि अमेरिकामा एशियाली अमेरिकी समूदायको प्रशंसा गरिन् ।


क्लिकमान्डु