विश्वका ९० देशमा किन भइरहेको छ बिरोध प्रदर्शन ?



एजेन्सी । बढ्दो महँगीका कारण विश्वभर मानिसहरु प्रभावित भएका छन् । कयौं देशमा मानिसहरु खाद्यान्न, इन्धन र बाँकी अत्यावश्यक चिजको आकाशिएको मूल्यको बिरोधमा सडकमा उत्रिएका छन् ।

इन्धनको मूल्यमा बढोत्तरीले सर्वसाधारणलाई प्रभावित बनाइरहेको छ । सामानको ढुवानी देखि निजी ट्रान्सपोर्टसम्म, इन्धनको मूल्यले असर पारिरहेको छ । जसका कारण खानेकुराको मूल्य, बिजुलीको बिल बढिरहेको छ ।

विश्वका कतिपय देशमा प्रदर्शनकारी परिवर्तनको माग गरिरहेका छन् । मानिसहरु पेट्रोलको मूल्य कम होस् भन्ने चाहिरहेका छन् ।

कयौं देशमा शान्तिपूर्ण प्रदर्शन भएका छन् भने कतिपय स्थानमा सरकारमाथि हमला भएका छन् । कतिपय स्थानमा मानिसहरुले यसको मूल्य चुकाउनु परेको छ ।

१६ वर्षीया खदीजा बाह आफ्नो घरको ढोकामा उभिएकी थिइन्, अचानक एक गोली उनलाई लाग्यो ।

उनी आफ्नो घरबाट केही मिटर पर केही दिनदेखि उग्र भइरहेको भीडलाई हेरिरहेकी थिइन् । मानिसहरु इन्धनको बढ्दो मूल्यको बिरोध गरिरहेका थिए ।

तर १० अगस्टमा अफ्रिकी देश सिएरा लियोनमा चलिरहेको यो प्रदर्शन हिंसक बनेको थियो । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक गोली अचानक खदीजालाई लाग्यो । उनी भुँइमा लडिन् र अन्तिम स्वास लिइन् ।

खदीजाकी आमा मारिया सेसे अहिले पनि छोरीको मृत्युलाई स्वीकार गर्न सकिरहेकी छैनन् । खदीजा ठूली भएर नर्स बन्न चाहन्थिन् ।

इन्धनका लागि लडाइँ

सिएरा लियोनमा यस्तो प्रदर्शन र हिंसा सामान्य विषय होइन ।

तर यस वर्ष अगस्टमा त्यहाँ २५ जनाको मृत्यु भयो जसमा पाँच प्रहरी अधिकारी थिए । यी सबैको मृत्यु राजधानी फ्रीटाउनमा भएको संघर्षको क्रममा भएको थियो ।

पेट्रोल-डिजेलको बढ्दो मूल्यको असर यातायातमा मात्र पर्दैन यसको कारण सामानको ढुवानी महँगो हुन जान्छ र खाने कुराको मूल्य बढ्न जान्छ ।

मार्चबाट अहिलेसम्म सिएरा लियोनमा इन्धनको मूल्य दुई गुणा बढेको छ । यसका कारण खाने सामानको मूल्य अस्वभाविक रुपमा बढेको छ ।

महँगीको मार झेलिरहेको देशमा यस वर्ष जुलाईमा केन्द्रीय बैंकले नयाँ नोट जारी गरेर अर्थव्यवस्थामा मानिसको भरोसा कायम राख्ने प्रयास गरेको थियो ।

हिंसक प्रदर्शनलाई रोक्नका लागि सरकारले सबै शहरमा कर्फ्यु लगाएको थियो भने इन्टरनेट सेवालाई पनि सीमित गरेको थियो । सिएरा लियोनका राष्ट्रपति जूलियस माडा बायोले प्रदर्शन आफूलाई सत्ताबाट हटाउन भएको बताएका थिए । तर प्रदर्शनकारीले भने यसलाई अस्वीकार गर्दै आफूहरु महँगीविरुद्ध सडकमा उत्रिएको जनाएका थिए ।

तर महँगीको यो मार सिएरा लियोनले मात्र झेलिरहेको छैन । विश्वका कयौं अन्य क्षेत्रमा पनि यस्तो संघर्ष चलिरहेको छ ।

विश्वका कतिपय देशमा भइरहेको बिरोध प्रदर्शनको डेटा आर्म्ड कन्फिल्क्ट लोकेशन एण्ड इवेन्ट डेटा प्रोजेक्ट (एकलेड) ले एकीकृत गर्छ । यस डेटालाई आधार मान्दा यस वर्ष जनवरीबाट सेप्टेम्बरको बीच ९० भन्दा धेरै देशमा खाद्यान्न र इन्धनको मूल्यलाई लिएर प्रदर्शन भएको छ ।

यसमध्ये एक तिहाइ देशमा २०२१ मा इन्धनको मुद्दामा कुनै प्रदर्शन भएन । स्पेनमा २०२१ प्रदर्शन भएको थिएन । तर यस मार्चमा ३३५ वटा प्रदर्शन भएको छ ।

बिगत ९ महिनामा विश्वका हरेक महाद्वीपमा कहीँ न कहीँ प्रदर्शन भएको छ ।

इन्डोनेशियामा पेट्रोलको मूल्य बढेको बिरोधमा यस वर्ष अहिलेसम्म ४ सय प्रदर्शन भएका छन् । इटालीमा यस वर्ष पहिलो आठ महिनामा २ सय प्रदर्शन भएका छन् ।

यसको तुलनामा गत वर्ष दुईवटा प्रदर्शन भएका थिए । इक्वाडोरमा यस वर्ष जुनमा १ हजार पटक भन्दा धेरै प्रदर्शन भयो ।

हेनरी विलकिन्सन ड्रेगनफ्लाई नामको कम्पनीका चिफ इन्टेलिजेन्स अफिसर हुन् । यो कम्पनी सुरक्षा र इन्टेलिजेन्सको क्षेत्रमा काम गर्छ । उनकाअनुसार बिरोध प्रदर्शन हुने क्षेत्रले अचम्मित बनाएको छ ।

उनले भने, ‘हामीले यसपटक यस्तो क्षेत्रमा बिरोध प्रदर्शन भएको देख्यौ जहाँ यसअघि यस्तो भएको थिएन । युक्रेन युद्धको प्रभाव परेको छ । यदी युद्ध समाप्त हुने हो भने विश्वमा संकट निकै कम हुने थियो ।’

के युक्रेन युद्धका कारण बढिरहेको छ पेट्रोलको मूल्य ?

होइन । विश्वमा पेट्रोलको मूल्य बढ्नुका मुख्य तीन कारण रहेका छन् ।

कच्चा तेल : कोभिड संकटको शुरुमा कच्चा तेत सस्तो थियो । किनकी कतिपय उद्योग स्थायी रुपमा बन्द भएका थिए र उर्जाको माग निकै घटेको थियो । तर जब जनजीवन सामान्य बन्यो उर्जाको मा बढ्यो र मूल्य माथि चढ्यो ।

अमेरिकी डलर : यतिबेला अमेरिकी डलर, ब्रिटिश पाउण्ड, यूरो, युआन (चीनको मुद्रा) र येन (जापानको मुद्रा) को तुलनामा सबैभन्दा माथिल्लो स्तरमा रहेको छ । जुन कच्चे तेलबाट पट्रोल बनाइन्छ त्यसको कारोबार अमेरिकी डलरमा हुने गरेको छ । यदी स्थानीय मुद्रा डलरको तुलनामा कमजोर भयो भने इन्धनको मूल्य पनि बढ्न जान्छ ।

युक्रेन-रूस युद्ध : इस युद्धका कारण कयौं देशले रूसी तेलको आयातमाथि प्रतिबन्ध लगाएका छन् । यसका कारण अन्य उत्पादक देशका लागि मूल्य बढ्न गयो ।

आर्थिकबाट राजनीतिक अस्थिरतासम्म
जुन ९१ देशमा इन्धनको मूल्यको बीच अस्थिरता देखिएको छ त्यमा श्रीलंकाले निकै चर्चा पायो । हजारौंको संख्यामा प्रदर्शनकारी राष्ट्रपतिको निवासमा प्रवेश गरे । चर्को बिरोधका कारण राष्ट्रपति गोटाबाया राजपक्षेले पद छाड्नु पर्‍यो ।

एशियामा सबैभन्दा धेरै मुद्रास्फीति दरका कारण श्रीलंकामा इन्धनदेखि औषधि र खाद्यान्नको मूल्य आकाशिएको छ । श्रीलंकाका नागरिकले महँगीको अत्यधिक सामना गर्न परिरहेको छ ।

महँगीको अन्त्य छैन

विश्वभरका सरकारले आफ्नो देशलाई आर्थिक संकटबाट बचाउन हल खोज्ने प्रयास जारी राखेका छन् । यसबीच प्रदर्शन पनि भइरहेका छन् ।

बीबीसीका अनुसार बिगत ९ महिनामा महँगीविरुद्धको बिरोध प्रदर्शनका कारण ८० भन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । अर्जेन्टिना, इक्वेडोर, गिनी, हेती, काजकिस्तान, पनामा, पेरू, दक्षिण अफ्रिका र सिएरा लियोन जस्ता देशमा मानिसहरुको प्रदर्शनका क्रममा ज्यान गएको छ ।


क्लिकमान्डु