भारतमा मारुती सुजुकीको ४० वर्षे यात्रा



एजेन्सी । हामीले भारतमा ४० वर्ष पूरा गरेका छौं । जापानको सुजुकी (मोटर कर्पोरेसन)ले मारुती उद्योगसँग संयुक्त रुपमा काम गर्न सम्झौता गरेको ४० वर्ष पूरा भएको छ ।

हामीले यो पार्टनरसिपलाई मनाउनुको धेरै कारणहरुमध्ये एउटा कारण हामीले पाएका परिणामहरु आजभन्दा ४० वर्षअघि नसोचिएको परिणाम हो ।

यसले त्यो बेला वरपर भएका सबै मानिसहरुलाई चकित तुल्याएको छ । भारतमा मात्रै नभएर जापानमा पनि भारतमा के भयो भन्ने कुराले मानिसहरु चकित भएका छन् ।

ओसामु सुजुकीले एकपटक मलाई भनेका थिए– भारतमा सम्झौता गरेर काम गर्ने निर्णय गर्दा उनी मात्रै यसको पक्षमा थिए । अरुले भारतमा सार्वजनिक क्षेत्रमा गाडी बनाउने कस्तो निर्णय गरेको भन्ने सोचेका थिए ।

त्यो कुरा अरु धेरैले सोचेका थिए– समाजवादी भारतमा गाडी बनाउने काम ? त्यो बेला बजारमा भएका कार निर्माताहरु कतै गएका थिएनन् । बजार ३५ हजारदेखि ४० हजार कारमा सीमित थियो । त्यो बेला सबै कुरा गलत भइरहेको थियो । विदेशी मुद्राको कमी थियो । सबै प्रकारका आयातमा प्रतिबन्ध थियो । त्यसैले पनि, यो निर्णय कसैलाई खुसी बनाउने र उत्साहित तुल्याउने किसिमको निर्णय थिएन ।

आरसी भार्गभ

तर हामीले पछाडि फर्किएर सोच्नुपर्छ– यो किन र कसरी भयो ? र जापानसँगको ४० वर्षे साझेदारीबाट हामीले केही सिक्न सक्छौं ? सँगै मारुतीको यो अनुभवले के हामीलई आगामी २०–२५ वर्षका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले देखेको सपना पूरा गर्न सहयोग गर्छ त ?

हामी सबैलाई थाहा छ, मारुतीको आगमनसँगै धेरै किसिमले भारतमा परिवर्तन भएको छ । शहरहर फरक भएका छन् । सडकहरु फरक भएका छन् । कार कुदाइरहेका मानिसहरु फरक भएका छन् ।

हामीले २०–३० वर्षअघि मारुती बजारमा नहुँदा महिलाहरुले कार कुदाएको देखेका थिएनौं । तर, मारुतीको आगमनसँगै उनीहरुलाई सहज भएको छ । आफ्नो कार्यक्षेत्र र काममा उनीहरु सहज रुपमा पुग्ने वातावरण बनेको छ । किनकी बसमा यात्रा गर्नु महिलाहरुका लागि कहिल्यै पनि सहज र सजिलो थिएन । धेरै उद्यमीहरुको जन्म सस्तो यात्राको साधनका कारण पनि भएको छ ।

नरेन्द्र मोदी मुख्यमन्त्री भएको बेला गुजरातको हाम्रो कारखानामा हामीले धेरै सहयोग पाएका थियौं । त्यो बेला राज्यमा धेरै किसिमका औद्योगिक क्रियाकलापहरु भइरहेका थिए । जब हामीले विस्तारको बाटोतर्फ हेरिरहेका थियौं, गुजरातमा हाम्रो पक्षमा प्रमुख दुई कुराहरु थिए ।

पहिलो, राज्यको प्रशासन उद्योगका लागि अन्य राज्यभन्दा धेरै सहज किसिमको थियो । त्यसैले धेरै मानिसहरु गुजरात आइरहेका थिए र उनीहरुको काम पनि सहज र चाडो भइरहेको थियो ।

दोस्रो, यो राज्य बन्दरगाहको नजिक थियो जहाँबाट हामीले सामानहरु आयात गरिरहेका थियौं । यसले हाम्रो धेरै रकम बचाएको थियो ।

यो ४० वर्षको अन्तरालमा यो देशका मानिसहरुले सहज, भरपर्दो र राम्रो आवतजावतको साधनहरु पाइरहेको देखिएको छ । यो हामीले गरेको कुनै अच्चम लाग्ने किसिमको काम होइन ।

यदि यो देशका उपभोक्ताहरुले यस्तो होस भन्ने नचाहेको भए हाम्रो मात्रै जोरजबर्जस्तीले यो हुँदैन थियो । हरेक कम्पनीको सफलता त्यसको उत्पादनको प्रयोग गर्ने उपभोक्ताहरुको चाहनामा भर पर्छ ।

उपभोक्ताले कम्पनी सफल होस भन्ने चाहेमा कम्पनी सफल हुने हो । हामीले सिकेका छौं, यदि तपाईंले जनताको अपेक्षा वा चाहनाअनुसार काम गरिरहनु भयो भने तपाईं सफल बन्नु हुन्छ ।

म आफू एक ब्युरोक्य्राट भएको समय सम्झन्छु, जब मैले अरुसँग के हुनुपर्छ भन्ने निर्णय गर्ने गर्थे । हामीलाई लाग्थ्यो, हामी धेरै चलाख छौं । तर, हामी थिएनौं । उपभोक्ताहरु अन्त्यमा हाम्रो दिमागमा थिए ।

यो समयको सबैभन्दा ठूलो पाठ यहि हो । हामीले अरुले भनेको, अरु मानिसले भनेको सुन्नुपर्छ ।

केही वर्षअघिसम्म मात्रै म भारतमा औद्योगिक विकासको विषयमा निराशावादी भइरहेको थिएँ । किनकी विभिन्न कुराहरु बोल्ने त भइरहेको थियो, तर धरातलमा केही भइरहेको थिएन । म योजना आयोगले बनाएको एक समितिमा थिए, जसको काम औद्योगिक प्रतिस्पर्धालाई बढाउनु थियो । हामीले धेरै छलफल गर्यौं, तर केही पनि भएन । तर, यो सरकारले उत्पादनमा बृद्धि हुनु नै भारतको विकासको मुख्य कुरा भनेर भारतमा व्यापार गर्न सहज हुने सम्पूर्ण कार्यक्रमहरुको सुरुवात गरेको छ ।

सरकारले व्यवसाय गर्दा हुने प्रमुख समस्याहरुको पहिचान गरेर त्यसलाई हटाउन काम गरिरहेको छ। यस्तो विगतमा कहिल्यै पनि भएको थिएन ।

सरकारले नीजि क्षेत्र नै आर्थिक विकासको अघिल्तिर हुने कुराको पहिचान गरेको छ । अहिले फाइदा कुनै नराम्रो विषयको रुपमा रहेको छैन । यसले पनि भारत परिवर्तन भइरहेको देखाउँछ । जसकारण भविष्यका लागि एउटा आशा देखिएको छ । आगामी १० वर्षमा अझैं धेरै सार्वजनिक क्षेत्रहरुलाई नीजिकरण गरिनेछ । मेरा लागि यी सबै सुमधुर कुराहरु हुन् ।

५५ वर्ष सरकारी र सार्वजनिक क्षेत्र र अहिले नीजि क्षेत्रमा रहे पनि भारतको अबको बाटो नीजि क्षेत्रमा आधारित हुनुपर्छ भन्नेमा मलाई कुनै शंका छैन् । हाम्रो देशको सार्वजनिक क्षेत्र, संवैधानिक प्रतिबन्ध, कानुनी संरचना र तपाईंले त्यहाँ राख्ने व्यक्ति, चाहे त्यो जो सुकै होस, सम्पूर्ण कारणहरुले गर्दा काम गर्न नसक्ने भएको छ । हामी मात्रै त्यसका लागि कुनै अपवाद होइनौं । सार्वजनिक क्षेत्रमा कुनै पनि देशमा राम्रो सँग काम गर्न सकेको छैन् ।

रुस सार्वजनिक क्षेत्रको सबैभन्दा ठूलो समर्थक हो । र रुसमा के भएको छ भन्ने हामीले देखेका छौं ।

बेलायत, फ्रान्स, जापानजस्ता अन्य देशहरुमा पनि सार्वजनिक क्षेत्र थियो, तर अहिले सबै देशहरु यसबाट बाहिर आइरहेका छन् । निसन्देश पनि, हाम्रा नीजि क्षेत्रमा पनि धेरै समस्याहरु छन् । सार्वजनिक र नीजि क्षेत्र दुवैर्को तुलना गरेर राख्ने हो भने नीजि क्षेत्र फाइदाको पक्षबाट धेरै अघि छ ।

आर्थिक प्रगतिका लागि गतिशीलता अनिवार्य आवशयकता हो । यो साधारण कारणले गर्दा नै मैले अटोमोबाइल उद्योगका लागि धेरै उज्ज्वल भविष्य देखेको छु । पछिल्ला धेरै दशकहरुमा हामीले अटोमोबाइलभन्दा राम्रो आथिृक गतिशिलताको उपाय फेला पारेका छैनौ., जुन सुरक्षित पनि होस र सुविधाजनक पनि।

विस्तारै हामीले हरित उर्जामा जानुपर्छ किनभने विश्वमा वातावरण परिवर्तनका कारण धेरै असरहरु भइरहेका छन् । यस्तोमा सुधारात्मक कदम अति नै खावश्यक हुन्छ ।

भारत व्यत्तिगत रुपमा आर्थिक गतिशीलताको विषयमा कमजोर छ । भारतमा ‘इन्ट्री लेभल’ को वस्तुहरु संकुचित हुनु कम्पनीका लागि डरको विषय होइन । किनभने मसँग थप फाइदा हुने प्रकारमा जाने विकल्पहरु छन् । हामी उच्च मूल्यका वस्तुहरुतर्फ जानमा केही ढिला भइरहेका छौं । तर, त्यो अस्थाई उपाय मात्रै हो । जस्तोमा पनि हामी हाम्रो फाइदा र बजारको अवस्थालाई सन्तुलित बनाउन सक्छौं । यो कुनै डराउनुपर्ने विषय होइन ।

ब्राण्डमाथि उपभोक्ताहरुको विश्वास छ । म अहिलेको अवस्था, जहाँ सानो कारको बजार संकुचित हुँदै र माथिल्लो बजार बढ्दै गइरहेको छ, यसले गर्दा चिन्तामा छु । यसले मलाई खुसी बनाइरहेको छैन ।

दशकौंदेखि माथि जाने आकांक्षा लिएर बसेका मानिसहरुको ठूलो समूहले आफ्नो सपना हराउँदै गरेको तथ्य मलाई मन परिरहेको छैन् ।

दुइ पाङ्ग्रे सवारीमा देश चल्न सक्दैन । यो आवागमनको प्रभावकारी रुप पनि होइन । यो असुरक्षित छ । यो जलवायुको हिसाबमा असुविधाजनक छ । र परिवारका लागि पनि यो उपयुक्त छैन् ।

हामी संसारको एक मात्र देश हौं, जहाँ धेरै मान्छेहरु दुई पाङ्ग्रे सवारी साधनमा यात्रा गर्छन् । कार उद्योग थप विस्तार हुनुपर्छ। अन्यथा जनताको जीवन उत्थान गर्ने सम्पूर्ण प्रयास सफल हुँदैन् । त्यसैले, भारतमा कार उद्योगको लागि धेरै उज्ज्वल भविष्य छ ।

(भार्गभ मारुती सुजुकी इण्डिया लिमिटेडका प्रमुख हुन् । मारुती सुजुकीको ४० औं वार्षिक उत्सबमा उनले व्यक्त गरेको धारणा)


क्लिकमान्डु