बेलायतकी प्रधानमन्त्रीले दिइन् ४५ दिनमै राजीनामा



एजेन्सी । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छिन् ।

ट्रसले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको ४५ दिनमै राजीनामा दिने निर्णय गरेकी हुन् ।

बेलायतको अर्थतन्त्र सुधार गर्न नसकेको भनै लिजले ल्याएको बजेटको आलोचना हुनाका साथैं सत्तारुढ दल कन्जरभेटिभ पार्टीका सांसदहरूले लिजको आलोचना गर्दै आएका थिए ।

लिजले गत साता मात्रै अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुने अमेरिका पुगेका फाइनान्स सेक्रेटरी क्वासी क्वार्टेङलाई पदबाट हटाउने निर्णय गरेकी थिइन् ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि लिजले ल्याएको बजेट महँगी नियन्त्रण गर्न र रोजगार सिर्जना गर्न असफल भएको भन्दै बेलायतमा लिजको आलोचना भईरहेको थियो ।

पार्टी भित्रबाटै असहयोग हुन थालेपछि लिजले प्रधानमन्त्री र संसदीय दलको नेताबाट राजीनामा दिएकी हुन् ।

बेलायतका तत्कालीन प्रधानमन्त्री बोरीस जोनसनले पदबाट राजीनामा दिएपछि भएको संसदीय दलको निर्वाचनमा भारतीय मुलका ऋषी सुनकलाई पराजित गर्दै लिज सेप्टेम्बर ५ मा प्रधानमन्त्री नियुक्त भएकी थिएन् ।


क्लिकमान्डु