पुष्प मेलामा शेखर गोल्छादेखि हरिवंशसम्म, आत्मनिर्भर मात्रै नभएर निर्यातमुखी उत्पादनमा जोड



काठमाडौं । सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिवन्ध लगाएको छ ।

तिहारमा विशेषगरी शहरी क्षेत्रमा करिव ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ ।

बिहीबार ललितपुरको जावलाखेलमा आयोजना भएको १५ औं गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०७९ कार्यक्रमा फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मिनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलमा कमी आउने दाबी गरे ।

उनले नेपालमा अहिले ९० प्रतिशत फूलमा आत्मनिर्भर भएको बताए । अध्यक्ष तामाङले तिहारमा विशेषगरी शहरी क्षेत्रमा करिव ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको बताए ।

विगतका वर्षहरुमा तिहारमा सयपत्री फूल भारतका विभिन्न नाकाहरुबाट आयात हुने गरेको भए पनि यो वर्ष रोक लगाइएको उनको भनाइ छ ।

सयपत्री फूलको उत्पादनले ग्रामिण क्षेत्रमा भने शत प्रतिशत नै धान्ने गरेको उनी बताउँछन् ।

नेपाल ९० देखि ९१ प्रतिशत पुष्प व्यवसायमा आत्मनिर्भर रहेको भन्दै चाडपर्व र चिसो मौसमको समयमा मात्रै

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गाल्छाले पुष्प व्यवसायमा लगानी र प्रविधि ल्याउनसके विश्वका सबै प्रकारका फूलहरु नेपालमा नै उत्पादन गर्न सकिने बताए । उनले पुष्प व्यवसाय मुलुकमा आत्मनिर्भर मात्रै नभएर निर्यातमुखी उत्पादनमा जोड दिनुपर्ने बताए ।

पुष्प व्यवसायमा लगानीको प्रतिफल राम्रो रहेकाले पुष्प व्यवसायबाट नै आर्थिक समृद्धि आउन सकिने उनको भनाइ थियो ।

पुष्प व्यवसाय थप विकास र बिस्तार गर्नको लागि सरकारले पूर्वाधार विकासमा लगानी गर्नु आवश्यक रहेको उनले बताए ।

कृषि विभागका उपमहानिर्देशक डा. हरिबहादुर केसीले नेपाल वनजङ्गलमा रहेका फूलहरुलाई व्यवसायिक बनाउन आवश्यक रहेको बताए ।

पछिल्लो समय फूलको माग र उत्पादन बढ्दै गएकोले पुष्प व्यवसाय बिस्तार र बजारिकरणको लागि निजी क्षेत्र र सरकार समन्वय गर्ने जरुरी रहेको उनको भनाइ थियो ।

कलाकार हरिवंश आचार्यले मुलुकमा पुष्प व्यवसाय आत्मिनिर्भर बनाउने मात्रै नभएर आयआर्जन गर्ने उद्योगको रुपमा विकास गर्न जरुरी रहेको बताए ।

मुलुक पुष्प व्यवसायमा आत्मनिर्भर भएर मात्रै भएर नहुने उनको भनाइ थियो ।

नेपाली वनजङ्लमा फूलेका राम्रा फूलहरुलाई व्यवसायीकरण गर्न सकियो भने पुष्प व्यवसायमा ठूलो योगदान हुने उनको भनाइ थियो ।

पछिल्लो समय व्यावसायिक रूपमा फूल खेती गर्नेको सङ्ख्या पनि बढेको छ । नेपालमा नै पुष्प व्यवसायको व्यवसायीक उत्पादन बढ्दै गएकाले चाडपर्वमा आवश्यक फूल विदेशबाट आयात गर्न नपर्ने अवस्थामा पुगेको छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपालले यो वर्षको तिहारमा करिव साढे २४ लाख फूलका माला खपत हुने बताएको छ । गत वर्षको तिहारमा भन्दा यो वर्षको तिहारमा दुई लाख मालाको खपत बढेर साढे २४ लाख फूलको माला खपत हुने उसको भनाइ छ ।

तिहारको (पाँच दिन) मा करिव २० लाख सयपत्री, सवा चार (४.२५) लाखभन्दा बढी मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने फानको अनुमान रहेको छ ।

नेपालमा तिहारका लागि गत वर्ष करिव १२ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । यो वर्ष करिव साढे १३ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको अनुमान छ ।


क्लिकमान्डु