क्षमता विस्तार गर्दै सनी सेक्युरिटज, बोर्डमा दियो आवेदन



काठमाडौं । सनी सेक्युरिटजले पूर्ण कार्य गर्नका लागि भन्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

नयाँ ब्रोकरको लाइसेन्स लिन आवेदन दिएका ४५ कम्पनीका साथै हाल ब्रोकरको काम गरिरहेको ५० ब्रोकर भित्रकै कम्पनीले पनि पूर्ण कार्य गर्नका लागि आवेदन दिएको हो ।

हाल सीमित कार्य गरिरहेको सनी सेक्युरिटजले पूर्ण कार्य गर्नका लागि भन्दै बोर्डमा आवेदन दिएको हो ।

बोर्डकाअनुसार सीमित कार्य गर्नका लागि न्यूनतम चुक्ता पुँजी २० करोड, पूर्ण कार्य गर्नका लागि ६० करोड र धितोपत्र व्यापारीका लागि १ अर्ब ५० करोड चुक्ता पुँजी आवश्यक पर्छ ।

यो व्यवस्था नयाँ ब्रोकरका लागि आवेदन दिएका कम्पनीलाई मात्रै हो । हाल कायम रहेका ब्रोकर कम्पनीले भने २०८२ असार मसान्तसम्म तोके अनुसारको पुँजी पुर्याउनु पर्ने छ ।

तर सनीले भने अहिले नै बोर्डले तोकेको नयाँ व्यवस्थाअनुसार पुँजी बढाएर पूर्ण कारोबार गर्न खोजेको छ । बोर्डकाअनुसार आवेदन दिएका नयाँ ४५ वटा (पुरानो सनी सेक्युरिटिज) सहितका कम्पनीको कागजात परीक्षण गर्ने र योग्यलाई पूर्वाधार निर्माणका लागि बोर्डले निर्देशन दिनेछ ।

बोर्डले तोकेको मापदण्डअनुसार छनोटमा परेका कम्पनीले पूर्वाधार तयार पारेपछि सञ्चालनका लागि बोर्डले स्वीकृत दिनेछ ।

बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि असोज २ गतेदेखि ३० दिन अवधिका लागि आवेदन खुला गरेको थियो ।


क्लिकमान्डु