सेयर बजार राताम्मे, सोल्टी होटलको धेरै रकमको कारोबार



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

बजारमा गिरावट आउँदा कारोबार रकम पनि घटेको छ । बजारसँगै कारोबार रकम पनि घटुदा लगानीकर्ता थप त्रसित बनेको बताउँछन् । बजार मापन गर्ने सूचक १२.८१ अंकले घटेर १८४५.५१ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.६६ अंकले घटेर ३६२.९६ बिन्दुमा रोकिएको छ ।

२१६ कम्पनीको २१ लाख ५१ हजार ७१४ कित्ता सेयर ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेका छन् । बैंकिङ समूहको २.८१, विकास बैंक ४५.०६, वित्त कम्पनी ३९.०२, होटल तथा पर्यटन ३९.९९, जलविद्युत ३५.४६, जीवन बीमा १८.९९, उत्पादन तथा प्रशोधन ४२.३९, माइक्रोफाइनान्स ३१.९१, निर्जीबन बीमा समूहको उपसूचक ५५.५१ अंकले घटेको छ । बजार राताम्मे बन्दा पनि अभियान लघुवित्त वित्तीय संस्था, सयपत्री हाईड्रोपावर र सिटिजन्स म्युचुअल फण्ड–२ को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिनको कारोबारमा अपर हेवाखोला हाईड्रोपावर कम्पनी, सोल्टी होटलका लगानीकर्ताले कमाउँदा पिपुल्स पावर कम्पनी, सामलिंङ पावर कम्पनी, विन नेपाल लघुवित्त वित्तीय संस्था, रिभर फल्स पावर, कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा सोल्टी होटल अग्रस्थानमा रहेको छ । कारोबारमा ३ करोड ७२ लाख १२ हजार ९३५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नबिल बैक र रिडी पावर कम्पनी रहेका छन् ।


क्लिकमान्डु