सोल्टि होटलले २६.३१ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?



काठमाडौं । सोल्टि होटलले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले २१.३१ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
पुस २८ गतेका लागि साधारणसभा बोलाएको कम्पनीले पुस ७ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस ६ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।


क्लिकमान्डु