इन्दुशंकर चिनी उद्योगले एकै वर्ष गर्‍यो साढे १ अर्बको व्यापार



काठमाडौं । इन्दुशंकर चिनी उद्योगले एकै वर्ष साढे १ अर्ब बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब ५९ करोड ७१ लाख रूपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा १ अर्ब ५७ करोड ४४ लाख रूपैयाँ, सन् २०२० मा ३ अर्ब १३ करोड रूपैयाँ र सन् २०१९ मा २ अर्ब १४ करोड रूपैयाँ ७३ लाख रूपैयाँको व्यापार गरेको थियो ।

चिनी उद्योग क्षेत्रमा खेलाडीको रूपमा रूपमा स्थापित कम्पनीसँग दैनिक ४५ सय मेट्रिक टन उखु प्रशोधन गर्ने क्षमता छ ।कम्पनीले नेपाली बजारमा एम-३० ग्रेडको ‘राजन्स’ ब्रान्डमा चिनी बिक्री वितरणा गर्दै आएको छ ।

राजेशकुमार केडिया र उनको परिवारको पूर्ण स्वामित्व रहेको कम्पनीले सर्लाही जिल्लाका किसानले उत्पादन गरेको उखुको प्रशोधन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १ अर्ब ७५ करोड ७५ लाख रूपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४१ करोड रूपैया र अल्पकालीन कर्जाका लागि १ अर्ब ३४ करोड ७७ लाख रूपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु