धितोपत्र बोर्डले माग्यो दुई दर्जन कर्मचारी, कुन पदमा कति ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई दर्जन कर्मचारी माग गरेको छ । बोर्डले निर्देशकदेखि बरिष्ठ सहायक पदका लागि २३ जना कर्मचारी माग गरेको हो ।

बोर्डले निर्देशक, सहायक निर्देशक, सहायक निर्देशक (सीए) तथा बरिष्ठ सहायक लगायतका पदमा आवेदन खुला गरेको छ । समावेशी प्रतियोगितात्मक प्रतियोगिताका माध्यमबाट स्थायी पदपूर्ति गर्ने सूचनामा उल्लेख छ ।

बोर्डले निर्देशक पद अधिकृत द्धितीय श्रेणी समूह प्रशासनतर्फ २ जना कर्मचारी माग गरेको छ । यस पदका लागि खुला र आदिवासी जनजातिमा १-१ जना कर्मचारी नियुक्त गर्ने भएको हो ।

यस्तै, निर्देशक पद श्रेणी अधिकृत द्धितीयतर्फ कानून समूहका लागि १ जना कर्मचारी माग गरेको छ । निर्देशक (सीए) १ जना माग गरेको छ भने सहायक निर्देशकतर्फ तृतीय श्रेणी प्रशासन समूहका लागि बोर्डले ९ जना कर्मचारी माग गरेको छ ।

यस्तै, सहायक निर्देशक पदमा बोर्डले सूचान प्रविधि ३ जना कर्मचारी माग गरेको छ । सहायक निर्देशक(सिए) अधिकृत तृतीय श्रेणी पदका लागि १ जना, बरिष्ठ सहायक सहायक प्रथम श्रेणीका लागि ३ जना कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका उम्मेद्धवारले कात्तिक १७ गतेसम्म दरखास्त दिन सक्ने बोर्डले जनाएको छ । यस्तै, बोर्डकाअनुसार दोब्बर दस्तुर तिरेर कात्तिक २४ गतेसम्म आवेदन दिन सकिने छ ।


क्लिकमान्डु