आइएमएफको प्रक्षेपणः श्रीलंकाको आर्थिक वृद्धि संकुचित हुने, मूल्यवृद्धि ६९.८ प्रतिशत



काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले श्रीलंकाको आगामी वर्षको आर्थिक वृद्धि ऋणात्मक हुने प्रक्षेपण गरेको छ ।

आइएमएफले सन् २०२२ मा श्रीलंकाको अर्थतन्त्र –८.७ प्रतिशत हुने जनाएको छ ।

आइएमएफले सन् २०२३ मा भने श्रीलंकाको अर्थतन्त्रमा केही सुधार आउने प्रक्षेपण गरेको छ । सन् २०२३ मा –३.० आर्थिक वृद्धि हु्ने प्रक्षेपण गरिएको छ । सन् २०२७ सम्ममा भने श्रीलंकाको अर्थतन्त्रमा केही सुधार भएर आर्थिक वृद्धि ३.१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

श्रीलंकामा मूल्यवृद्धि यो वर्ष ६९.८ प्रतिशतसम्म बढ्ने प्रक्षेपण गरिएको छ । चालु आवको अन्त्यसम्ममा श्रीलंकामा उपभोक्ताले भोग्नुपर्ने मूल्यवृद्धि ६९.८ प्रतिशतले बढ्ने प्रक्षेपण रहेको छ । विगतमा आइएमएफले नै श्रीलंकामा यो वर्ष ४८.२ प्रतिशतले मूल्यवृद्धि हुने प्रक्षेपण गरेको थियो ।


क्लिकमान्डु