सानिमा क्यापिटलले १० करोड २० लाख इकाई सानिमा ग्रोथ फण्ड निष्कासन गर्ने



काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले कात्तिक १६ गतेदेखि सानिमा ग्रोथ फण्ड निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति इकाइ १० रुपैयाँका दरले १२ करोड इकाई निष्कासन गर्ने भएको छ ।

जसमा १ करोड ५६ लाख इकाई कोष प्रवर्द्धक सानिमा बैंकलाई छुट्याएको छ भने २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटललाई छुट्याएको छ । बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणलाई निष्कासन गर्नेछ ।

फण्डमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अुनसार आवेदन नपरेमा कात्तिक ३० गतेसम्म आवेदन दिन सकिने छ ।

फण्डमा न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने छ । फण्डमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।


क्लिकमान्डु