नेपालका सम्पदाको संरक्षण, पुनर्निर्माण तथा जीर्णोद्धार गर्न इटालियन सरकार इच्छुक छः राजदूत लुका



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि इटालीका राजदुत भिन्सेन्जो डे लुकालेसँग भेट गरेको छन् ।

मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले २०७२ सालमा गएको भुकम्पबाट क्षति भएका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरू पुनर्निर्माणमा इटालियन सरकारबाट महत्वपुर्ण सहयोग प्राप्त भएको स्मरण गराए । राजदुत लुकाले नेपालका सम्पदाहरुको संरक्षण, पुनर्निर्माण तथा जीर्णोद्धारमा इटालियन सरकार सहयोग गर्न इच्छुक रहेको बताए ।

युरोपेली संस्कृति तथा सम्पदाको केन्द्रका रूपमा रहेको इटालीबाट नेपालले पुरातात्त्विक सम्पदाको व्यवस्थापन तथा संरक्षणबारे शिक्षा लिन चाहेको मन्त्री श्रेष्ठले बताए । मन्त्री श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा जोड्ने गरी हनुमानढोका–स्वयम्भू सम्पदामार्ग निर्माण सुरु गरिएको जानकारी दिँदै सम्पदामार्ग विश्व पर्यटनकै दुर्लव संयोग रहने र पर्यटन आकर्षणका लागि समेत महत्वपुर्ण रहने बताए ।

राजदुत लुकाले इटालीले नेपालको पर्यटन विकासमा सहयोग गर्ने बताए । साथै उनले इटालीयन सरकारले आयोजना गर्ने रोम एक्स्पो २०३० परियोजनाको तयारीबारे पनि मन्त्री श्रेष्ठलाई जानकारी गराए । उनले २०७८ कात्तिकमा गैरआवासीय राजदुतको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका थिए ।


क्लिकमान्डु