टिक्न सकेन लगानीकर्ताको खुसी, बजारमा दोरोहो अंकको गिरावट



काठमाडौं । दशैैपछिको पहिलो दिन दोहोरो अंकले बढेको सेयर बजार दोस्रो दिन भने दोहोरो अंकको नै गिरावट आएको छ ।

दशैं सकिएपछिको दोस्रो दिनको कारोबारमा लगानीकर्ताको पहिलो दिनको खुसी भने टिक्न सकेन् । अघिल्लो दिन कारोबार रकम कम भएपनि यो दिन भने बढेको छ ।

बजार मापन गर्ने सूचक २७.१६ अंकले घटेर परिसूचक १८७१.२२ बिन्दुमा रोकिएको छ । यो दिनको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.३६ अंकले घटेर ३६६.८४ बिन्दुमा रोकिएको छ ।

२३३ कम्पनीको ३१ लाख ५५ हजार ६९५ कित्ता सेयर ९७ करोड १७ लाख ६७ हजार ७१४ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ समूहको १५.१०, विकास बैंक ९१.६९, वित्त कम्पनी ३७.६९, होटल तथा पर्यटन ४५.१५, जलविद्युत ४३.६१, जीवन बीमा ७१.५५, उत्पादन तथा प्रशोधन समूहको ४१.५९, माइक्रोफाइनान्स ७३.८५, निर्जीबन बीमा समूहको उपसूचक ११४.०५ अंकले घटेको छ ।


क्लिकमान्डु