नोकियाको ‘जि ११ प्लस’ सार्वजनिक, तीन दिनसम्म चार्ज टिक्ने कम्पनीको दाबी



एजेन्सी । नोकियाले चाडबाडको माहोलमा आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । नोकियाले लो–बजेटको ‘जि ११ प्लस’ सार्वजनिक गरेको हो । नेपालमा २० हजार मूल्य पर्ने फोन नोकियाले सार्वजनिक गरेको हो ।

यो फोन ‘फोर जी’ सर्पोट गर्ने फोन हो । ६.५ इञ्चको पूर्ण रुपमा एचडी डिस्प्ले रहेको यो फोनमा ५० मेगापिक्सलको प्राइमरी क्यामेरा दिइएको छ । कम्पनीको दाबीलाई आधार मान्ने हो भने यो फोन एकपटक पूर्ण रुपमा चार्ज गरेपछि तीन दिनसम्म ब्याट्री टिक्ने छ । फोनमा ५ हजार एमएएचको ब्याट्री रहेको कम्पनीको दाबी छ ।

हाललाई यो फोन भारतमा बिक्रीका लागि सार्वजनिक रुपमा उपलब्ध छ भने अन्य देशमा पनि कम्पनीले छिट्टै उपलब्ध गराउने बताएको छ । ४ जिबी र्‍याम रहेको यो फोनमा ६४ जिबी इन्टरनल स्टोरेज रहेको छ । यी बाहेक फोनमा फिंगर प्रिन्ट सेन्सर पनि रहेको छ । फोनको फ्रन्ट क्यामेरा ८ मेगापिक्सलको रहेको छ ।
‘एन्ड्रोइड १२’ अपरेटिङ सिस्टम रहेको फोनले एन्ड्रोइड १३ र १४ मा पनि चल्न सक्ने कम्पनीले बताएको छ ।


क्लिकमान्डु