लक्ष्मी बैंकले मोरङमा किन्यो सवा १८ करोडको जग्गा



काठमाडौं । लक्ष्मी बैंकले विराटनगर महानगरपालिका–९ मोरङमा जग्गा खरिद गरेको छ ।

बैंकले असोज १३ गते स्वप्रयोजनका लागि मोरङमा १८ करोड २५ लाख रुपैयाँमा जग्गा खरिद गरेको जनाएको छ ।

जग्गाको स्वामित्व समेत हस्तान्तरण भएको जनाएको छ ।


क्लिकमान्डु