एक दशकमा कुमारी बैंकको पहिलो नगद लाभांश, कुन वर्ष कति दियो ?



काठमाडौं । कुमारी बैंकले एक दशकको इतिहासमा पहिलो पटक नगद मात्रै लाभांश दिएको छ । १० वर्षको इतिहास हेर्ने हो भने कुमारी बैंकले न्यूनतम ८.५ देखि ३४.७४ प्रतिशतसम्म लाभांश दिएको छ ।

बैंकले यो अवधिमा नगद मात्रै लाभांश घोषणा गरेको पहिलो पटक हो ।

बैंकको शुक्रबार बिहान बसेको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट नगद लाभांश दिने निर्णय भएको छ ।

बैंकले सेयरधनीलाई नाफाको १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कर सहितको रकम हो । बैंकले यो पटक भने बोनस सेयर भने नदिने भएको छ ।

एनसीसी बैंकसँग मर्जरमा जाने भएका कारण हाल बैंकको सेयर करोबार रोक्का रहेको छ । बैंकले साधारणसभा को मिति भने तोकेको छैन ।

बैंकले यसअघिका आर्थिक वर्षहरुमा दिएको लाभांशलाई हेर्ने हो भने आर्थिक वर्ष २०६९/७० मा १४.७४ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस १४ प्रतिशत रहेको थियो ।

यस्तै आव २०७०/०७१ मा अहिलेसम्मकै धेरै ३४.७४ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस ३३ प्रतिशत रहेको थियो भने कर प्रयोजनका लागि १.७४ प्रतिशत नगद लाभांश दिएको थियो ।

आव २०७१/०७२ मा ११.५८ प्रतिशत नगद लाभांश दिएको थियो । जसमा बोनस ११ प्रतिशत र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश रहेको थियो ।

बैंकले २०७२/०७३ मा २२.१ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस २१ प्रतिशत र कर प्रयोजनका लागि १.१ प्रतिशत नगद लाभांश दिएको थियो ।

बैंकले आव २०७३/०७४ मा नगद नदिइ बोनस सेयर मात्रै दिएको छ । बैंकले उक्त आवमा १२.७५ प्रतिशत नगद लाभांश दिएको थियो । यस्तै आव २०७४/०७५ मा पनि ८.५ प्रतिशत मात्रै बोनस दिएको थियो ।

यस्तै आव २०७५/२०७६ मा १०.५३ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस १० प्रतिशत र कर सहित ०.५३ प्रतिशत नगद लाभांश दिएको थियो ।

बैंकले आव २०७६/०७७ मा १४ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस १०.८५ प्रतिशत र कर सहित ३.१५ प्रतिशत नगद लाभांश दिएको थियो ।

आव २०७७/०७८ मा ८.६७ प्रतिशत लाभांश दिएकामा बोनस ६ प्रतिशत र कर प्रयोजन सहित २.६७ प्रतिशत नगद लाभांश रहेको छ ।


क्लिकमान्डु