कुमारी बैंकको लाभांश घोषणा: बोनस नदिने, नगद कति ?



काठमाडौं । कुमारी बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

बैंकको शुक्रबार बिहान १० बजे बसेको बैठकले आर्थिक वर्ष २०७८-०७९ को मुनाफाबाट नगद लाभांश दिने निर्णय भएको छ ।
बैंकले सेयरधनीलाई नाफाको १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव कर सहितको रकम हो । बैंकले यो पटक भने बोनस सेयर भने नदिने भएको छ । एनसीसी बैंकसँग मर्जरमा जाने भएका कारण हाल बैंकको सेयर करोबार रोक्का रहेको छ । बैैंकले साधारणसभा को मिति भने तोकेको छैन ।

बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु