रियलमी सी ३३ स्मार्ट फोन सार्वजनिक, कति पर्छ मूल्य ?



काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले सी–सिरिजमा रियलमी सी ३३ स्मार्ट फोन सार्वजनिक गरेको छ ।

रियलमीले ५० एमपी एआई क्यामेराको एन्ट्री–लेभल सेगमेन्टमा उच्चतम पिक्सेल भएको स्टाइलिस सी ३३ को नयाँ संस्करण सार्वजनिक गरेको हो ।

यो स्मार्टफोनले बाउन्डलेस सी डिजाइन, राइट–एंगलमा धेरै अत्याधुनिक महसुस गराउँने कमपनीले जनाएको छ ।

फोज लञ्चका बारेमा रियलमी नेपालका हेड मुनिष गिरीले भने ‘रियलमीको एन्ट्री-लेभल सी सिरिजअन्तर्गत २०१८ को सेप्टेम्बरमा लञ्च भएको रियलमी सी १ सँगै प्रयोगकर्ताको राम्रो प्रतिक्रिया पाउँदै आएको छ, जसले गर्दा हामी यसको पोर्टफोलियो विस्तार गर्न सक्षम भएका छौं ।

सी सिरिज साथमा हामीले उचित मूल्यमा उच्च प्रविधि र डिजाइनको आदर्श फ्युजनका स्मार्टफोन उपलब्ध गराउने लक्ष्य राखेका छौं ।’

कम्पनीका अनुसार नयाँ स्मार्टफोनमा प्रिमियम राइट–एंगल बेजेल र क्यामेरा बम्पका साथ युनि-कभर ब्याक कभर पनि राखिएको छ ।

यसको ८.३ एमएम अल्ट्रा स्लिम बडीले प्रयोगकर्तालाई हल्का र आरामदायी पकड प्रदान गर्छ । दुई भेरियन्ट तीन प्लस ३२ जिबी र चार प्लस ६४ जिबीको मूल्य क्रमशः १६ हजार चार सय ९९ र १८ हजार चार सय ९९ रुपैयाँ रहेको छ ।

सी३३ स्मार्ट फोनको मूल्य


क्लिकमान्डु