सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढ्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार १२ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । बिहीबार भने २५ रुपैयाँले बढेर ११ सय ७० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु