प्रि-ओपनिङमा ६२ हजारको कारोबार



काठमाडौं । प्रि–ओपनिङमा सेयर बजार सामान्य अंकले बढेको छ । कारोबार रकम भने एक लाख पनि पुगेको छैन ।

बजार मापन गर्ने सूचक ०.१८ अंकले बढेर परिसूचक १८३१.२३ बिन्नुमा रोकिएको छ । यो दिन ८ वटा कम्पनीको २४० कित्ता सेयर ६२ हजार ४५७ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा विकास बैंक समूहको उपसूचक ४.१३, जलविद्युत ०.३४, माइक्रोफाइनान्स ०.७६ अंकले बढेको छ ।


क्लिकमान्डु