दुई बैंकको सेयर कारोबार रोक्का



काठमाडौं । मर्जरका कारण २ वटा बैंकको कारोबार रोक्का भएको छ । मंगलबारदेखि एनसीसी बैंक र कुमारी बैंकको सेयर कारोबार रोक्का भएको छ ।

मर्जरमा जाने सोमबार सम्झौता भएसँगै मंगलबारबाट दुवै बैंंकको सेयर कारोबार रोक्का भएको हो । एनसीसी र कुमारी बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् ।

दुई बैंक गाभिएर कुमारी बैंकको नाममा सञ्चालन हुनेछन् ।चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ र कुल पुँजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन्। कुमारीका रामचन्द्र खनाल बरिष्ठ डेपुटी सीइओ हुनेछन् ।


क्लिकमान्डु