बजार अनुगमनमा निस्किइन् महानगरकी उपप्रमुख डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल बजार अनुगमनमा निस्किएकी छन् ।
उपप्रमुख डंगोलसहितको टोली भृकुटीमण्डपमा रहेको खसी बजारसहितका क्षेत्रका बजार अनुगमन गरेको हो ।
दशैंमा उपभोक्तामाथि ठगी हुने गरेको र गुणस्तरहीन सामान बिक्री बितरण हुने गरेको आरोपकाबीच महानगरले बजार अनुगमन सुरु गरेको हो ।
उपमेयर डंगोलसहित तीनवटा टोली विभिन्न स्थानमा अनुगमनमा परिचालित भएको छ । टोलीले खाद्यान्न, माछा मासु र डिपार्टमेन्टल स्टोरमा पनि अनुगमन गर्ने जनाएको छ ।