भाटभटेनी दशैं अफर: ३० सेकेन्डमा छान्न सकेजति सामान सित्तैमा लैजान पाइने



काठमाडौं । भाटभटेनी सुपर मार्केटले दशैं तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै विभिन्न योजना सार्वजनिक गरेको छ ।

विभिन्न सामानको खरिदमा छुटको व्यवस्था गरेको भाटभटेनीले सामान खरिद गर्ने ग्राहकमध्ये प्रत्येक स्टोरबाट ३/३ जनालाई ३० सकेन्डमा छान्न सकेजति सामान पैसा नतिरि लैजाने योजना सार्वजनिक गरेको छ ।

चिनीको मूल्यमा सहुलियत दिइरहेको भाटभटेनीले आफ्ना २३ स्टोरबाट हरेक साता ३/३ जनाको दरले अनलिमिटेड सपिङ स्कीम पाउने जनाएको छ ।

भाटभटेनीले काठमाडौं उपत्यका बाहिरका भारतीय सीमा नजिकका ६ वटा स्टोरमा प्रतिकेजी ६९ रुपैयाँ र काठमाडौं उपत्यकासहित अन्य केही स्टोरमा प्रतिकेजी ८४ रुपैयाँको दरले चिनी बिक्री गरेको छ ।

भाटभटेनी सुपरमार्केका चिफ अपरेटिङ अफिसर (सीओओ) पानु पौडेलकाअनुसार विभिन्न अफरहरुका साथ सबै सामानमा १० प्रतिशत छुटकोसमेत व्यवस्था रहेको छ ।


क्लिकमान्डु