नेपाल एयरलाइन्सको टिकट अब अनलाइनबाट काट्न सकिने



काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकट काट्न सकिने व्यवस्था गरेको छ ।

सोमबार निगमले अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ्ग मार्फत टिकट बुकिङ्ग शुरु गरेको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

यात्रुले विश्वको कुनै पनि ठाँउबाट निगमको वेवसाइटबाट अनलाइन बुकिङ्ग गरी आफ्नो उडान गन्तव्यको टिकट खरिद गर्न सक्ने उनले जानकारी दिइन् ।

निगमले हाल दिल्ली, मुम्वई, बैंगलौर, दुवई, दोहा, हङ्गकङ्ग, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु