कुमारी क्यापिटलले दियो कानून व्यवसायीलाई सेयर बजारबाट पैसा कमाउने तालिम



काठमाडौं । कुमारी क्यापिटलले उच्च अदालत बार एसोसिएसन पाटनसँगको सहकार्यमा कानून व्यवसायीहरूका लागि लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा आफ्नो इक्विटी पोर्टफोलियो कसरी व्यवस्थापन गर्न सकिन्छ र सेयर बजारबाट कसरी सम्पत्ति निर्माण गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिइएको थियो ।

कार्यक्रममा क्यापिटलका इन्भेष्टमेण्ट बैंकिङ बिभागबाट ममिन शाक्य, श्री सौगात पन्त र श्री विभव बस्यालले सेयर बजारमा किन लगानी गर्ने, सेयर बजारलाई असर गर्ने कारक तत्व के–के हुन र आफ्नो लगानी व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ५० भन्दा बढी वकिलहरु र उच्च अदालत बार एसोसिएसन, पाटनका वर्तमान कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वकिलहरुले सक्रिय रुपमा सहभागिता जनाउदै शेयर बजारमा लगानी सम्बन्धी आफ्ना सबै जिज्ञासा राखेका थिए ।


क्लिकमान्डु