चाडपर्वको अवसरमा एनआइसी एशिया बैंकबाट रेमिटेन्स बुझ्नेलाई बैंकका तर्फबाट आकर्षक दक्षिणा



काठमाडौं । एनआइसी एशिया बैंकले दशैं, तिहार र छठ पर्वको अवसरमा ‘एनआइसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । जसअनुसार यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहकलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको छ ।

बैंकले २०७९ असोज १ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी ल्याएको यस योजना विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिटेन्सको हकमा लागू हुनेछ ।

यस योजनामा विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिटेन्स यस बैंकमा रहेको खातामार्फत् बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप ३०० रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको छ ।


क्लिकमान्डु