सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएकोमा शुक्रबार १ हजार रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ कायम भएकोमा शुक्रबार १५ रुपैयाँले बढेर १२ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु