औषधी उत्पादन गर्ने मग्नुस फार्म प्रालिले एकै वर्ष गर्यो १ अर्ब १२ करोडको व्यापार



काठमाडौं । मग्नुस फर्मा प्रालिले एकै वर्ष १ अर्ब १२ करोड रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको छ । सन् २००७ मा बारा जिल्लामा उद्योग स्थापन गरी औषधी उत्पादन गर्दै आएको कम्पनीले सन् २०२१ १ अर्ब १२ करोड रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा १ अर्ब १ करोड ६० लाख रुपैयाँ, सन् २०२० मा ८० करोड ९० लाख रुपैयाँ र सन् २०१९ मा ६५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९० करोड ८९ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि ५० करोड ८९ लाख रुपैयाँ अर्थात् ट्रीपल बी, अल्पकालीन कर्जाका लागि २५ करोड रुपैयाँ अर्थात् एथ्री र दीर्घकालीन/अल्पकालीन कर्जाका लागि १५ करोड अर्थात् ट्रीपल बी/एथ्री प्लस रेटिङ पाएको छ ।

सुधिर मास्के प्रबन्ध निर्देशक रहेको कम्पनीको देशभर दुई सय स्टकिस्ट छन् । कम्पनीले १९० प्रकारका २८ वटा प्रकारका औषधी उत्पादन गर्दै आएको छ । कम्पनीले सन् २०२२ मा १२.२२ प्रतिशतले नाफा कमाएको छ ।

कम्पनीले उत्पादन क्षमता बढाउनका लागि निर्माण कार्य अगाडि बढाएको छ । कम्पनीअनुसार उक्त निर्माण कार्यमा ६० करोड खर्च हुनेछ । जसमा कम्पनीले ३७ करोड ७० लाख रुपैयाँ ऋणबाट र बाँकी रकम कम्पनीबाट खर्च गर्ने भएको छ ।

कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरेर औषधी उत्पादन गर्दै आएको छ ।


क्लिकमान्डु