‘पुर्याइदेउ’ नामक राइडिङ सेयरिङ एप सार्वजनिक



काठमाडौं । मोटरसाइकल यातायात व्यवसायी प्रालिद्धारा सञ्चालित ‘पुर्याइदेउ’ एप सार्वजनिक गरेको छ । यो एप नेपाली लगानी र नेपाली प्राविधिकले निर्माण गरेको राइडर सेयरिङ भएको जनाइएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमार्फत् उक्त एप सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले नेपालीले उत्पादन गरेको एप सबैले प्रयोग गर्ने विश्वास दिलाए ।

उनले भने,‘हामी आत्मनिर्भरतातर्फ जानुपर्छ । राज्य हाम्रो बारेमा सोचिरहेको छैन् । जब जब पैसा बाहिर जान्छ, तब तब राज्य कमजोर हुन्छ ।’

उनले विश्वास नगरी कुनै पनि कुरा नहुने भन्दै यो एप प्रयोग गर्न सबैमा अनुरोध गरेका छन् ।

यस्तै, कम्पनीका सिईओ प्रभुविश्वेन्द्र अधिकारीले अहिले पूरा विश्व डिजिटल युगमा रहेको उल्लेख गर्दै यो एपले धेरै नेपालीलाई लाभ दिने विश्वास दिलाए ।

उनले भने, ‘प्रविधिको युगमा यो एप सान्दर्भिक छ । नेपाली लगानी हो । नेपाली प्राविधिकले बनाएको हो । हामीले सेवामा गुणस्तरीयता ल्याउने हो । यो एपको आज उद्घाटन भएको छ । हामी खुशी छौं ।’

यस्तै, प्रालिका अध्यक्ष जिआर क्षेत्रीले आफूले धेरै छलफल र सल्लाह गरेर यो एप बनाएको बनाउँदै सबै प्रकारका सवारी साधानको सुविधा प्रदान गरिने जनाए । उनले आफूहरुले एपको मोटो नै ‘हरदम हरपल, २४सै घण्टा हामी तपाईको सेवा’ मा राखिएको सुनाए ।


क्लिकमान्डु