असोज १ देखि लागू हुनेगरी सबै बैंकले ब्याजदर बढाए, कुन बैंकमा निक्षेप राख्दा कति ब्याज पाइन्छ ?



काठमाडौं । वाणिज्य बैंकहरुले असोज १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर लागू गरेका छन् । बिहीबार बसेको बैंकर्स संघको पूर्णबैठकले यसअघिको भद्र सहमति तोडेर राष्ट्र बैंकको निर्देशनअनुसार अघिल्लो महिनाको भन्दा १० प्रतिशतसम्मले तलमाथि गर्न पाउने व्यवस्था गरेका छन् ।

बैंकर्स संघको उक्त निर्णयसँगै बैंकहरु ब्याजदर बढाउन स्वतन्त्र भएका छन् । यो सँगै बैंकहरुले असोज १ गतेदेखि लागू गरेको सबै बैंकको ब्याजदर बढेको छ ।

उक्त निर्णयपछि आएको नयाँ ब्याजदरमा बैंकहरुले व्यक्तिगत निक्षेपको ब्याजदर १२.१३ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको १०.१३ र रेमिट्यान्स मुद्दति निक्षेपमा १३.१३ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

प्रभु बैंक

प्रभु बैंकले रेमिट्यान्स मुद्दति निक्षेपमा पैसा राख्दा १५.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

बैंकले असोज महिनाका लागि जारी गरेको नयाँ ब्याजदरमा तीन महिना वा सो भन्दा बढीका लागि रेमिट्यान्सको पैसामा मात्रै लागू हुने ‘प्रभु उन्नती मुद्दति निक्षेप’मा १५.१३ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइनेछ ।

यस्तै संस्थागत निक्षेपतर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बैंकबाट ऋण लिँदा आधारदरमा ७ प्रतिशतसम्म प्रिमियम जोडिने छ ।

नबिल बैंक

नबिल बैंकले असोजमा दिने नयाँ ब्याजदर व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत पुर्याएको छ । त्यस्तै, बैंकले व्यक्तिगत निक्षेपमा ११.०३ देखि १२.१३ प्रतिशत ब्याजदर पुर्याएको छ । यता रेमिट्यान्स खातामा भने १३.१३ प्रतिशत पुर्याएको छ । यस्तै संस्थागत निक्षेपतर्फ भने १०.१३ प्रतिशत र बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

बैैंकबाट ऋण लिँदा आधारदरमा ७ प्रतिशतसम्म प्रिमियम जोडिने छ । अहिले बैंकको आधारदर ८.७७ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा अधिकतम १५.७७ प्रतिशतसम्म लाग्ने छ ।

बैंकबाट हाउजिङ लोन ५ वर्षका लागि लिँदा १३.९९ प्रतिशत ब्याज लाग्ने छ । अटो लोन ५ वर्षका लागि लिँदा १३.९९ प्रतिशत ब्याज लाग्ने छ । ५ देखि ७ वर्षसम्मका लागि अटो लोन लिँदा १४.९९ प्रतिशत, ५ देखि १० वर्षका लागि हाउजिङ र मोटरेजल लोन लिँदा १४.५९ र १० देखि १५ वर्षका लागि हाउजिङ र मोटरेज लोन लिँदा १४.९९ प्रतिशत ब्याज लाग्नेछ ।

सेञ्चुरी बैंक

सेञ्चुरी बैंकले पनि ब्याजदर बढाएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ । रेमिट्यान्स खातामा १४.१३ प्रतिशत पुगेको छ । यसका लागि निक्षेपकर्ताले न्यूनतम १० हजारको खाता खोल्नुपर्ने छ ।

यस्तै संस्थागत निक्षेपतर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

हाल बैंकको आधारदर १०.४० प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम जोडिने छ । बैंकबाट कर्जा लिँदा १७.४० प्रतिशतसम्म ब्याज लाग्ने छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले असोज महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

बैंकमा रेमिट्यान्स मुद्दति निक्षेप राख्दा भने १३.१३ प्रतिशत ब्याज पाइनेछ । बचततर्फ ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

हिमालयन बैंक

हिमालयन बैंकले असोज महिनाका सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.६३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

बचततर्फ ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ । बचतमा जिरो ब्यालेन्सदेखि निश्चित रहम राखेर खाता खोल्न सकिने बैंकले जनाएको छ । हाल बैैंकको आधारदर ९.८८ प्रतिशत रहेको छ ।

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले असोज महिनाका सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपकर्ताले १२.१३ प्रतिशत ब्याज पाउने भएका छन् ।

संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज रहेको छ । विप्रेषण मुद्दति निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज पाइने बैंकले जनाएको छ । बचततर्फ ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

साउन मसान्तसम्मको आधार दर १०.०४ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ६.५० प्रतिशत प्रिमियर थपिने छ । बैंकबाट कर्जा लिँदा अधिकतम १६.५४ प्रतिशत ब्याज लाग्ने छ ।

सिभिल बैंक

सिभिल बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असोजमा व्यत्तिगत मुद्दती निक्षेपमा १०.१३ देखि १२.१३ प्रतिशत ब्याज पाइने छ ।

यस्तै संस्थागततर्फ १०.१३ प्रतिशत ब्याज रहेको छ भने विप्रषण मुद्दति निक्षेपमा १३.१३ प्रतिशत ब्याज रहेको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

बैंकको आधारदर हाल १०.७३ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ । बैंकबाट कर्जा लिँदा १७.७३ प्रतिशत ब्याज लाग्नेछ ।

नेपाल इन्भेष्टमेण्ट बैैंक

नेपाल इन्भेष्टमेण्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ ।

बैंकले रेमिट मुद्दतिमा १३.१३ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ प्रतिशत ब्याज दिने भएको जनाएको छ ।

बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ । साउन मसान्तमा बैंकको आधारदर ९.०२ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १६.०२ प्रतिशत ऋण दिनेछ ।

सानिमा बैंक

सानिमा बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ ।

बैंकले रेमिट मुद्दतिमा भने १३.५१ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने भएको जनाएको छ ।

बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ । साउन मसान्तमा बैंकको आधारदर ९.०२ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १६.०२ प्रतिशत ब्याज लिनेछ ।

एनएमबि बैंक

एनएमबि बैंकले असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.१३ प्रतिशत ब्याज दिने जनाएको छ ।

बैंकले बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज दिनेछ । बचतमा जिरो ब्यालेन्सदेखि निश्चित रकम राखेर खाता खोल्न सकिने बैंकले जनाएको छ । बैैंकबाट ऋण लिँदा आधारदरमा ६ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर ९.९७ प्रतिशत रहेको छ ।

मेगा बैंक

मेगा बैंकले असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ । रेमिट्यान्स खातामा १३.१३ प्रतिशत र संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ ।

बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बैैंकबाट ऋण लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर १०.१९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १७.१९ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

प्राइम बैंक

प्राइम बैंकले बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ ।

रेमिट्यान्स खातामा १४.१३ प्रतिशत पुगेको छ । यस्तै संस्थागत निक्षेपतर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

बैैंकबाट ऋण लिँदा आधारदरमा ६.९९ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर ९.९९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १६.९८ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

बैंकबाट ५ देखि २० वर्षका लागि होम लोन लिँदा १४.१५ प्रतिशत ब्याज लाग्ने छ । यस्तै हायर पर्चेज लोन, मोटरेज लोन, अन्य पर्सनल लोन १ वर्षभन्दा बढी अवधिका लागि ऋण लिँदा १४ देखि १५ प्रतिशत ब्याज लाग्ने छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले असोज महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

रेमिट्यान्स मुद्दति निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । तीन महिना वा सो भन्दा बढी अवधिका लागि यस्तो निक्षेपमा १३.५० प्रतिशत ब्याज दिने जनाएको छ । बचततर्फ ७.१३ देखि ८.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

बैंकको साउन मसान्तसम्मको आधार दर ८.९२ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियर थपिने छ । बैंकबाट कर्जा लिँदा अधिकतम १५.९२ प्रतिशत ब्याज लाग्ने छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले असोज महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ ।

यस्तै संस्थागततर्फ १०.१३ र रेमिट्यान्स मुद्दती निक्षेपमा १०.१३ प्रतिशत ब्याज पाइने छ । यस्तै बचतमा ७.१३ प्रतिशत देखि ८.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

बैंकबाट कर्जा लिँदा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम थपिने छ । साउनमा बैंकको आधारदर १० प्रतिशत रहेको छ । कर्जा लिँदा १६ प्रतिशसम्म ब्याज लाग्ने छ ।

एनसीसी बैंक

एनसीसी बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने छ । यता एनसीसी रेमिट सिल्भर फिक्स डिपोजिट एकाउन्टमा भने १५ प्रतिशत ब्याज दिने छ ।

संस्थागततर्फ भने १०.१३ प्रतिशत ब्याज रहेको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने जनाएको छ ।

साउनमा बैंकको आधारदर १०.१७ प्रतिशत रहेको छ । बैंकको कर्जा लिँदा आधारदरमा ७ प्रतिशकत प्रिमियम थपिने छ । बैंकबाट कर्जा लिँदा १७.१७ प्रतिशत ब्याज लाग्ने छ ।

कुमारी बैंक

कुमारी बैंकमा व्यक्तिगत मुद्दति निक्षेपमा पैसा राख्नेले असोजबाट १२.१३ प्रतिशत ब्याज पाउनेछन् । यस्तै संस्थागत मुद्दति निक्षेपमा भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकले बचतमा ७.१३ देखि ९.१३ प्रतिशत ब्याज दिने छ ।

best fi


हाल बैंकको आधारदर १०.४९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदमा ६ ६.६० प्रतिशत प्रिमियम थपिने छ ।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ भने विप्रेषण निक्षेपमा १३.१३ प्रतिशत ब्याज दिने भएको छ ।

यस्तै संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

साउन मसान्तसम्म बैंकको आधारदर १०.०४ प्रतिशत रहेको छ । बैंकले कर्जा दिँदा आधारदरमा ८ प्रतिशत प्रिमियम थपिने छ । बैंकबाट कर्जा लिँदा १८.०४ प्रतिशत ब्याज लाग्ने छ ।

स्ट्यान्डर्ड चार्टर्ड

स्ट्यान्डर्ड चार्टर्ड बैंकले असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ भने संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१५ देखि ७.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

साउन मसान्तसम्म बैंकको आधारदर ८.४० प्रतिशत रहेको छ । बैंकले कर्जा दिँदा आधारदरमा ७.५० प्रतिशत प्रिमियम थपिने छ । बैंकबाट कर्जा लिँदा १५.९० प्र्रतिशत ब्याज लाग्ने छ ।

सनराइज बैंक

सनराइज बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोजबाट व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ भने संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । यस्तै रेमिट मुद्दतीमा १४.१३ प्रतिशत ब्याज दिने छ ।

बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

साउन मसान्तसम्म बैंकको आधारदर १०.४२ प्रतिशत रहेको छ । बैंकले कर्जा दिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ । बैंकबाट कर्जा लिँदा १७.४२ प्र्रतिशत ब्याज लाग्ने छ ।

कृषि विकास बैंक

तोकिएको नयाँ ब्याजदर अनुसार कृषि विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ ।

यस्तै बैंकले संस्थागत मुद्दतीमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ देखि ८.१५ प्रतिशत ब्याज दिने भएको जनाएको छ ।

बैंकबाट कर्जा लिँदा आधारदरमा ५ प्रतिशत प्रिमियम थपिने छ । पछिल्लो समय बैंकको आधारदर ८.९० प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १३.९० प्रतिशत ब्याज लिने छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले रेमिट मुद्दतिमा १३.१३ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने भएको जनाएको छ ।

बैंकबाट कर्जा लिँदा आधारदरमा ५ प्रतिशत प्रिमियम थपिने छ । पछिल्लो समय बैंकको आधारदर ७.८६ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १२.८६ प्रतिशत ब्याज लिने छ ।


सोभित थपलिया