वकिल, चार्टर्ड एकाउन्टेन्ट लगायतले लाइसेन्स नवीकरण गर्न कर चुक्ता प्रमाणपत्र बुझाउनुपर्ने



काठमाडौं । वकिल, चार्टर्ड एकाउन्टेन्टलगायत पेशागत लाइसेन्स नवीकरण गर्दा स्थायी लेखा नम्बर (प्यान) र कर चुक्ता प्रमाणपत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने व्यवस्था भएको छ ।

आन्तरिक राजस्व विभागले बिहीबार सूचना जारी गर्दै स्थायी लेखा नम्बर तथा कर चुक्ताको प्रमाणपत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने व्यवस्था गरेको हो ।

‘पेशा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण गर्दा प्यान र कर चुक्ता प्रमाणपत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने व्यवस्था रहेकोमा आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा नम्बर ३९१ ले गरेकाले व्यवस्था अनिवार्य रुपमा लागू गराउन सम्बन्धित निकाय तथा पेशागत व्यवसायले प्रमाणपत्र पेस गर्नुपर्नेछ,’ सूचनामा भनिएको छ ।


क्लिकमान्डु