राष्ट्रपति भण्डारीद्वारा पाँच विधेयक प्रमाणीकरण, नागरिकता विधेयक के भयो ?



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रपति कार्यलयले भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणको लागि पेस हुन आएका पाँच विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा(२) बमोजिम प्रमाणीकरण गरेको जनाएको छ ।

तर, नागरिकता सम्बन्धी विधेयक भने प्रमाणीकरण भएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट हुबहु पारित भएपछि सभामुख सापकोटाले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए ।

यी हुन् राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयकहरु

१.तथ्यांक सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

२.स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक

३.प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

४.सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

५.योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक


क्लिकमान्डु